Logo

राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्न नेताहरुको दवाब



काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेताहरुले तटस्थ बस्न दवाब दिएका छन्।

धुम्बाराहीमा बसिरहेको बैठकमा नेताहरुले राष्ट्रपति निर्वाचनमा कसैलाई भोट नहालेर तटस्थ बस्नुपर्ने दवाब दिएका हुन्।

आफूहरु राजसंस्थाको पक्षमा रहेको हुँदा राष्ट्रपतिको निर्वाचनमा तटस्थबस्नु राम्रो हुने भन्दै बैठकमा सहभागी नेताहरुले अध्यक्ष राजेन्द्र लिङदेनलाई दवाब दिएका छन्।

बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बराहीमा बसिरहेको छ। बैठकले राष्ट्रपति निर्वाचनमा पार्टीको भूमिकाबारे ठोस निर्णय गर्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्