Logo

राष्ट्रपतिबाट अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न सक्दैनौं : अध्यक्ष लिङदेन



काठमाडौं, २४ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जुनसुकै दलबाट व्यक्ति राष्ट्रपतिमा निर्वाचित भएपनि अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न नसकिने बताएका हुन्। राप्रपा केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकपछि प्रतिकिया दिँदै अध्यक्ष लिङदेनले राष्ट्रपतिबाट अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न नसकिने बताएका हुन्।

उनले भने, ‘दुवै जना एक एकवटा पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ। उहाँहरुबाट अभिभावकीय भूमिका र निष्पक्षताको चाहिँ हामीले परिकल्पना गर्न सक्दैनौँ। त्यसैले यो निर्वाचनमा तटस्थ बस्न उचित हुन्छ भन्ने निष्कर्ष निकालेका हौं। उम्मेदवार बन्न पाउने उहाँहरुको सुविधा भएपनि हामीले उम्मेदवारबाट राष्ट्रपति संस्थाप्रति निष्पक्ष हुन नसक्ने देखेर हामी यो निष्कर्षमा पुगेका हौं।’



प्रतिक्रिया दिनुहोस्