Logo

माओवादी नेता किराँती भन्छन्– राष्ट्रपति निर्वाचनकै दिन प्रचण्डको पेशी ग्रान्ड डिजाइन



काठमाडौं, २५ फागुन । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रपति निर्वाचनकै दिन प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा पेसी तोकिनु ग्रान्ड डिजाइन भएको आरोप लगाएका छन् ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति निर्वाचन र प्रचण्डविरुद्धको रिटमा पेसी एकै दिन तोकिनुलाई संयोग मान्न नसकिने बताएका हुन् ।

‘सिंगारी हराउनु र बाघ कराउनु संयोगमात्रै होइन होला जस्तो लाग्छ मलाई । ग्राइन डिजाइन अन्तर्गत भएको फण्डाहरु हुन जस्तो लाग्छ मलाई,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डमाथि पटक–पटक १७ हजारको हत्यारा भन्ने आरोप लागेपछि प्रचण्डले आफ्नो तर्फबाट भएको क्षतिलाई स्विकार्दै अरु पक्ष पनि जिम्मेवार हुनुपर्ने बताएको उनको दाबी छ । बोलेकै आधारमा मुद्दा दर्ता हुने परम्पराको विकास हुने हो भने यहाँ कोही पनि बाँकी नबस्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्