Logo

पपुवान्युगिनीविरुद्धको खेलमा आशिफको सानदार शतक



काठमाडौं, २५ फागुन । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका आशिफ शेखले सानदार शतक पुरा गरेका छन् ।

एक सय दुई बल सामना गरेका उनले एक सय रन पुरा गर्दै सानदार शतक पुरा गरेका हुन् । सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीविरुद्धको खेलबाटै एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका आसिफले ३२ इनिङ्समा एक हजार रनको आँकडा पार गरेका हुन् ।

यसबीचमा सातवटा अधंशतक बनाएका छन् ।अहिले नेपाल ३५ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा नेपाल १८६ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्