Logo

राष्ट्रपतिका उम्मेदवार पौडेलको प्रतिक्रिया– ‘लगभग राष्ट्रिय सहमतिमा पुगियो’



काठमाडौं, २५ फागुन । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूहरु लगभग राष्ट्रिय सहमतिमा पुगेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेपछि उनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सहमति भएको बताएका हुन् । ‘अब राष्ट्रिय सहमति भयो । लगभग राष्ट्रिय सहमतिमा पुगियो,’– उनले सञ्चारकर्मीहरुसँग भने ।

राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ । नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेको सुवासचन्द्र नेम्वाङ र पौडेल राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्