Logo

राष्ट्रपति निर्वाचन– सकियो मतदान



काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । मतदान सकिएसँगै आज नै मतगणना हुने छ । निर्वाचित उम्मेदवारलाई आज नै प्रमाणपत्र दिइने निर्वाचन आयोगले जनाएको छ ।

मत गणना आज चार बजेपछि हुने बताइएको छ । मत गणनाका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन् । रामचन्द्र पौडेलका तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् । मत पेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गरिने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्