Logo

पिएनजीविरुद्ध नेपालको जित, सन्दीप र आशिफको उत्कृष्ट प्रदर्शन



काठमाडौं, २५ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनी(पीएनजी)लाई नेपालले पराजित गरेको छ।

आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९. १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ९७ रन जोड्दै पीएनजीलाई २ सय ९८ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले ४७.१ ओभरमा २ सय ४५ रनमा अलआउट भयो।



प्रतिक्रिया दिनुहोस्