Logo

पौडेललाई बधाई दिँदै रविले यसो भने…



काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । बिहीबार पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रविले बधाई दिएका हुन् ।

उनले पौडेललाई बधाई दिँदै भनेका छन्– ‘मुलुकको रास्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेल ज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिङ्गो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पुर्ण विश्वास लिएको छु।’

रवि लामिछाने नेतृत्वको रास्वपाका सांसदसमेतले पौडेलको पक्षमा मतदान गरेका थिए । रास्वपाको संघीय संसद् अन्तर्गत १९ जना सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्