काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले चितवन-२ को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ।
आयोगले आह्वान गरेको समयसीमा भित्र दलदर्ता गर्ने १८ दलहरुलाई आज चुनाव चिन्ह प्रदान गरेको जनाएको छ।
बैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी आज प्रदान गरेको निर्वाचत आयोगले जनाएको हो।