काठमाडौं, २५ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री दाहाललाई भेटेर धन्यावाद ज्ञापन गर्न उनको निवास पुगेका हुन्।
यस्तै, निर्वाचित राष्ट्रपति पौडेलले आफ्नो सवारीमा साइरन नबजाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको सुरक्षा बढाएका सुरक्षाकर्मीहरुलाई पौडेलले आफ्नो सवारीमा साइरन नबजाउन निर्देशन दिएका हुन्।
उनले आज पूर्वसभामुखको हैसियतमा सरकारी गाडी प्रयोग गरेका छन्।
पौडेल आजनै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले एमालेका सुवाशचन्द्र नेम्वाङलाई पराजित गरेका थिए।