काठमाडौं, २६ फागुन । जनमत पार्टीले राष्ट्रपतिमा ममता झालाई अगाडि सार्ने निर्णय गरेको छ।
अहिले बसेको पार्टीको बैठकले नेतृ झाको नाम अनुमोदन गरेको जनाएको छ।
सप्तरीकी झा पहिला सद्भावना पार्टीमा रहेकी थिइन्। उनी केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी हुन्।
यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टी र जसपाले पनि दाबी गरेको छ।