Logo

उपराष्ट्रपतिमा महिलामात्रै भन्नु संविधानको खिलाप : नेता बस्नेत



काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतले उपराष्ट्रपतिमा महिलामात्रै भन्नु संविधानको खिलाप रहेको बताएका छन्।

९ दलीय गठबन्धनको कार्यदल बैठकपछि बाहिरिदैँ सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपतिमा महिलामात्रै भन्नु संविधानको खिलाप रहेको बताएका हुन्।

नेता बस्नेतले भने, ‘अहिले जारी भएको वक्तव्य संविधान र कानूनअनुसार नै भएको देखिन्छ। त्यहाँ महिला वा अन्य समुदायको भनिएको छ। अहिले निर्वाचित हुनुभएको राष्ट्रपति खस आर्यको तर्फबाट र लिंगको हिसाबमा पुरुष हुनुहुन्छ। त्यो बाहेक महिला वा फरक समुदायको भनिएको छ। वक्तव्यमा हेर्दा मैले समस्या देख्दिनँ तपाईंहरुले भन्नुभएको कुरा हो भने त्यो संविधान र उसको भावना विपरीतको हुन्छ। मैले त्यो सुन्नमा आएको छैन। त्यो संविधानको खिलापमा हुन्छ।’



प्रतिक्रिया दिनुहोस्