Logo

पीएनजीसँग युएई पराजित, नेपाललाई फाइदा



काठमाडौं, २६ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा पपुवा न्युगिनी(पीएनजी)ले युएईलाई हराएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभर ९ विकेट गुमाउँदै २४६ रन जोडेको थियो।

जवाफी ब्याटिङमा उत्रेको युएईले ४२.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १९० रन मात्र जोड्न सक्यो।

युएईको यो हारसँगै नेपाललाई फाइदा पुगेको छ।

समान ३३ खेल खेलेको नेपाल र युएई यो खेलपछि १४ खेल मात्रै जितेको छ भने नेपालले १६ खेल जितेको छ।

नेपाल अंक तालिकाको पाँचौ स्थानमा रहँदा युएई छैटौ स्थानमा रहेको छ।

यस्तै, पिएनजी अन्तिम स्थानमा रहेको छ।

नेपालले लगातार ३ खेल जित्न सक्यो भने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने सम्भावना उच्च रहेको छ।

अंक तालिकाको शिर्ष ३ टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् शिर्ष ५ भित्र रहने टोली एकदिवसीय मान्यता जोगाउनेछन्।

photo : CAN



प्रतिक्रिया दिनुहोस्