Logo

१० महिनाको आयात धान्ने अवस्थामा पुगेका छौं : गभर्नर अधिकारी



काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० महिनाको आयात धान्ने अवस्थामा पुगेको बताएका छन्।

दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन –२०७९ मा बोल्दै गभर्नर अधिकारीले १० महिनाको आयात धान्ने अवस्थामा पुगेको बताएका हुन्।

उनले भने, ‘गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्बले घाटामा थियो। १० अर्ब डलरभन्दा बढी विदेशी विनियम सञ्चितिका साथ १० महिनाको आयात धान्ने पर्याप्त अवस्थामा पुगेका छौं। नेपाल भित्रिने र बाहिरिने रकमबीचको यो अन्तर माघमा अझै सुधार भएको छ।’



प्रतिक्रिया दिनुहोस्