काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ।
यादवको उम्मेदवारी संविधान र कानूनविपरीत रहेको भन्दै एमालेबाट उपराष्ट्रपतिमा उम्मेद्वारी दिएका अष्टलक्ष्मी शाक्य र सांसद् महेश बर्तोलाले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।
शनिबार मनोनय दर्ता गराएका यादवविरुद्ध शाक्य र बर्तौलाले आयोगले नै उपराष्ट्रपतिमा महिला उम्मेद्वार हुनुपर्ने भनेको तर जसपाले पुरुष उम्मेद्वार उठाएको भन्दै उम्मेद्वारी नै खारेज हुनुपर्ने माग राखेर शनिबार नै उजुरी दर्ता गराएका हुन्।