काठमाडौं, २७ फागुन । नेपाली कांग्रेस नेतृत्वको १० दलीय गठबन्धनमा रहेका तीन दलबीच कार्यगत एकता गर्ने सहमती भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा)बीच कार्यगत एकता गर्ने सहमती भएको हो।
आज बसेको तीन दलको साझा बैठकले कार्यगत एकता गर्ने घोषणा गरेको बताइएको छ।
यस्तै यी तीनै दलले उपराष्ट्रपतिमा जनमतका उम्मेद्वार ममता झालाई समर्थन गर्ने निर्णयपनि गरेको बताइएको छ।