Logo

उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै अधिकृतको कार्यालयमा



काठमाडौं, २८ फागुन । उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै महिला कानून व्यवसायीहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।

काठमाडौंमा कानून व्यवसाय गरिरहेका महिलाहरुको समूहले संघीय संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उपराष्ट्रपतिमा महिला हुनपर्ने भन्दै निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका हुन्।

सो महिला समूहमध्येकी एक महिलाले भनिन्, ‘संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय पनि हो। त्यसलाई प्रतिनिधित्व गराउने संविधानको प्रश्तावनाअनुसार नै होस्। पुरुष उम्मेदवारको उम्मेदवारी खारेज गरियोस्। कानुनले व्यवस्था दिएको छैन। निर्वाचन अधिकृतलाई ध्यानाकर्षण गराइएको हो। यसमा जोसुकै नेपाली नागरिकले उजुरी गर्न पाउँछ।’

उपराष्ट्रपति पदमा ४ जनाको उम्मेद्‍वारी परेको छ। जसमा ३ महिला र १ जना पुरुष रहेका छन्।



प्रतिक्रिया दिनुहोस्