Logo

नेप्सेको ओरालो यात्रा कायमै



काठमाडौं, २९ फागुन । साताको दोस्रो दिन आजपनि शेयर बजारमा गिरावट आएको छ । बजार खुलेदेखिनै निक्कै उत्तरचढाव देखिएको नेप्सेमा आज २५ दशमलव ०७ अंकले गिरावट आएको हो ।

नेप्से परिसूचक आज १९५० दशमलव ८२ विन्दुमा रोकिएको छ । यो १ दशमलव २७ प्रतिशतको गिरावट हो । आज कारोवार भएका २१६ कम्पनी मध्य अधिकांश कम्पिनिको कारोवार घटेको छ । आज १ अर्ब १३ करोड ८९ लाख ६२ हजार तिन सय ९६ रुपैया बरावरको ३३ लाख ०३हजार सात सय ५६ कित्ता शेयर कारोवार भएको छ ।



प्रतिक्रिया दिनुहोस्