Logo

स्ववियु निर्वाचन– सगरमाथा इन्जिनियरिङ्ग कलेजमा पराजुलीको संयोजकत्वमा समिति गठन



काठमाडौं, २९ फागुन । सगरमाथा इन्जिनियरिङ्ग कलेजले स्ववियु निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नका लागि अरुणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

सुरुमा सो कलेजमा स्ववियु निर्वाचनको लागि क्याम्पस प्रशासनले कुनै चासो देखाएको थिएन । तर, नेविसंघका नेताहरुले विद्यार्थीहरुको हकहित र विद्यार्थी आन्दोलनको महत्वमाथि रोकतोक लगाउने कार्य सह्य नहुने चेतावनी दिएपछि अन्ततः क्याम्पस प्रशासनले सो कदम चालेको हो ।

नेविसंघ केन्द्रीय प्रतिनिधि ई. अशोक धमलाको सक्रिय पहलमा नेविसंघ केन्द्रीय प्रतिनिधि ई. अशोक धमला र अनुप भुसालको सक्रिय पहलमा  पहलमा एवम् सबै विद्यार्थी संगठनमा आस्था राख्ने विद्यार्थीहरुको सहयोगमा उक्त समिति गठन भएको हो ।

समितिको सदस्य सचिवमा सूर्यप्रसाद अधिकारी रहेका छन् भने सदस्यमा दिलबहादर क्षेत्री, बैकुन्ठप्रसाद आचार्य र सुदीप लम्साल रहेका छन् । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ ।

 



प्रतिक्रिया दिनुहोस्