Logo

पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रपति पौडेलद्वारा शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण



काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

उनले आज लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्