Logo

प्रसाईंको ‘महाअभियान’ केन्द्रीय कमिटी विघटन



काठमाडौं, ३० फागुन । व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले चलाएको महाअभियानको केन्द्रीय कमिटी विघटन गरिएको छ।

झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर सुरु गरीएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान- २०७९’को केन्द्रीय कमिटी विघटन गरिएको प्रसाईंले बताएका छन्।

प्रसाईंले महाअभियनबाट संयोजक(आफू) र प्रवक्ता बाहेकका सम्पूर्ण पदहरु मंगलबारबाट विघटन गरिएको बताएका हुन्।

प्रसाईं महाअभियान अन्तर्गतका कार्यक्रमहरुमा बैंक तथा वित्तिय संस्थाहरुको विरुद्धमा विभिन्न अभिव्यक्ति दिँदै आइरहेका थिए।



प्रतिक्रिया दिनुहोस्