Logo

नेविसंघमा स्ववियु निर्वाचनको टिकट वितरणमा अन्याय भएको भन्दै असन्तुष्टी, सच्याउन माग



काठमाडौं, ३० फागुन । नेपाल विद्यार्थी संगठनका असन्तुष्ट पक्षले स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोप लगाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट विद्यार्थी नेताहरुले गैरन्यायिक ढंगले टिकट वितरण भएको बताए । उनीहरुले पुनः सबैको सहमति र सहकार्यमा पुनः टिकट वितरण गरिनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा नेविसंघ काठमाडौं जिल्ला सचिव उज्जवल बज्रचार्यले स्ववियु निर्वाचनको टिकट वितरणमा अन्याय भएको भन्दै देश भर विरोध गर्ने चेतावनी दिए । ‘केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जसरी टिकट वितरण गरेका छन् । हामी त्यसको देशभरबाट विरोध गछौं,’– उनले भने ।

नेविसंघका नेता जोनिस क्षेत्रीले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको बताए । नेविसंघको व्यकग्राउन्डनै थाहा नभएकालाई स्ववियु निर्वाचनमा टिकट वितरण भइरहेको उनको आरोप छ । शेर्पाको यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला समितिका कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेम शाही नेविसंघ काठमाडौं जिल्ला समितिका उपाध्यक्ष बविन गुरुङ, फोर्सका केन्द्रीय अध्यक्ष अमन भुसाल, तरुण दलका नेता युवराज तिमल्सिना लगायतले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघभित्रका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको आरोप लगाए । उनीहरुले केन्द्रबाट नेविसंघको व्याकग्राउन्डनै थाहा नभएकालाई स्ववियु निर्वाचनमा टिकट वितरण भइरहेको आरोप लगाउँदै यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको बताए ।

उनीहरुले केन्द्रबाट भएको अपारदर्शी टिकट वितरण, विभिन्न जिल्ला र क्याम्पसहरुमा भइरहेको पत्र वितरण कार्य सात दिनभित्र सच्याउन माग गरेका छन् । आफूहरुको माग सुनुवाई नभएर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्