Logo

राष्ट्रपति पौडेलको निजी सचिवमा अधिकारी र परराष्ट्र सल्लाहकारमा चालिसे



काठमाडौं, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो निजी सचिव र परराष्ट्र सल्लाहकार नियुक्त गरेका छन्।

राष्ट्रपतिको पदभार ग्रहण गरेकै दोस्रो दिन पौडेलले निजी सचिवमा चिरञ्जीवी अधिकारी र परराष्ट्र सल्लाहकारमा डा सुरेश चालिसेलाई नियुक्त गरेका हुन्।

परराष्ट्र सल्लाहकार चालिसे पूर्व राजदूत हुन्।

राष्ट्रपतिमा पौडेल फागुन २५ गते निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्