Logo

उपराष्ट्रपतिमा कांग्रेसको समर्थन रामसहायलाई



काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायलाई उपराष्ट्रपतिमा समर्थन गरी मत दिने निर्णय गरेको हो ।

‘नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको यही ७९ चैत्र ३ गते हुने निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने र संघीय सभाका सदस्य एवं प्रदेश सभाका सदस्यहरुलाई रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्न निर्देशन गर्ने निर्णय भएको छ,’ प्रवक्ता प्रकाशशरण महतले भने ।



प्रतिक्रिया दिनुहोस्