Logo

एनएमबि बैंकको मर्चेन्ट क्युआरमा १००० बोनस



काठमाडौं, १ चैत्र । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि क्युआरमा १००० बोनस अफर लिएर आएको छ । विधुतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य बैंकले क्युआरमा बोनस अफर ल्याएको हो ।

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १००० भन्दा माथिको क्युआरमर्फत पहिलो भुक्तानी लिँदा १००० को बोनस जित्ने मौका पाउने बताइएको छ ।

यो योजना फाल्गुण १५ देखी सुरु भइसकेको छ । उक्त योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुनुपर्ने बताइएको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी दुई सय एक शाखाहरु, एक सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गदै आइरहेको छ।



प्रतिक्रिया दिनुहोस्