काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसका सांसद् तथा उपसभापति धनराज गुरुङले राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझाव दिएका छन्।
राष्ट्रपति कार्यालय शितल निवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर शुभकामना दिँदै सवारीमा विगतको जस्तो सर्वसाधारणलाई दु:ख दिने परम्परालाई तोड्न सुझाव दिएको बताएका छन्।
राष्ट्रपति पौडेललाई शुभकामना दिइरहेको तस्बिर राख्दै गुरुङले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो। यस सन्दर्भमा महामहिम राष्ट्रपतिज्यू प्रतिबद्ध हुनुहुन्छ।’
आज महामहिम राष्ट्रपति रामचन्द्र पौडेलज्युलाई बधाई तथा शुभकामना दिने क्रममा महामहिमज्युलाई simplicity कायम गर्दै “राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परा”लाई तोड्न सुझाव समेत दिइयो।
यस सन्दर्भमा महामहिम राष्ट्रपतिज्यु प्रतिबद्ध हुनुहुन्छ। pic.twitter.com/jksLQr23Bw— Dhan Raj Gurung (@dhanrgrg) March 15, 2023