Logo

न्यायालयमा विचौलियाको विगविगी भयो- केपी ओली



काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा विचौलियाहरुको विगविगी भएको बताएका छन् । आज (बुधबार) काठमाडौंमा भएको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचौलियाको कारण न्यायिक क्षेत्र अत्यन्त अशोभनीय र दुःखद् स्थितिमा पुगेको बताएका हुन् ।

‘विचौलियाको व्यापक प्रचलन छ अहिले नेपालमा । यो बारहरुले भने, सर्वोच्च बारले भन्यो । नेपाल बारले भन्यो । त्यसैगरी श्रीमान न्यायाधीशजीहरुले भन्नुभयो, विचौलियाको विगविगी भयो । प्रधानन्यायाधीशलाई न्यायालयमा न्यायाधीशहरुले प्रवेश गर्न दिनुभएन । वरिष्ठ अधिवक्ता र बारहरुले प्रवेश गर्न दिनुभएन । न्यायीक क्षेत्रको स्थिति अत्यन्त अशोभनीय र दुःखद् स्थितिमा हामी अहिले पुगेका छौं,’– उनले भने ।

आफूले न्यायालयलाई जनताले सम्मान र आदर गर्न सकुन् भन्ने चाहेको उनले बताए । कतै अन्यायमा परेको खण्डमा नागरिकले अदालतप्रति भरोषा गर्न सक्ने वातावरण बनाउन पर्ने उनले बताए । नागरिकहरुले न्यायप्रति आशामात्रै नभएर विश्वास र भरोषा गर्न सक्ने वातावरणको सिर्जना गर्नु पर्नेमा उनले जोड दिए ।

‘न्यायालयलाई जनताले सम्मान र आदर गर्न सकुन् । म अन्याय कतै परेँ भनेपनि न्याय पाउने ठाउँ छ भनेर विश्वास गरुन् । न्यायलय गएपछि म न्याय पाउँछु भनेर विश्वास र भरोषा गरुन्, आशामात्रै होइन । अपेक्षा मात्रै होइन, साच्चै न्याय पाउन् । त्यो स्थिति बनाउन हामीले कोसिश गर्नुपर्छ,’– ओलीले भने ।

 



प्रतिक्रिया दिनुहोस्