Logo

उपराष्ट्रपति निर्वाचन जित्नेमा ढुक्क छु– अष्टलक्ष्मी शाक्य



काठमाडौं, ३ फागुन । नेकपा (एमाले) बाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष उम्मेदवार उठाएर गलत ट्रेन बसालेको टिप्पणी गरेकी छन् ।

आज (शुत्रबार) नयाँ बानेश्वरस्थित् संसद् भवनको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै शाक्यले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उठाउनु संविधानको भावना र मर्म अनुरुप गलत भएको बताएकी हुन् ।

‘१० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो,’– उनले भनिन् ।

उपराष्ट्रपतिमा आफू विजयी हुनेमा कुनै शंका नरहेको उनले बताइन् । अहिलेको आफ्नो उम्मेदवारी चाहना नभएर आवस्यकता भएको उनले बताइन् । उपराष्ट्रपतिमा निर्वाचित भएर संविधानको भावना र मर्म अनुरुप समाजिक रुपान्तरणको काम गर्ने उनले बताइन् । उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको उनको दाबी छ ।

 

 



प्रतिक्रिया दिनुहोस्