काठमाडौं, ३ चैत्र । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिका उम्मेद्वार रहेका रामसहायप्रसाद यादव १० दलीय गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार् आफू रहेको बताएका छन्।
उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेद्वार यादवले १० दलीय गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार् आफू रहेको बताएका हुन्।
उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो। अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ। संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ। राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु। संविधानको पालना गर्नेकुरामा मेरो प्राथमिकता हुनेछ।’