काठमाडौं, ३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद्हरुले उपराष्ट्रपतिको निर्वाचनका लागि मतदान गरेका छन्।
मतदानको दिन आज पार्टीले ढिलो समयसम्म निर्णय गर्न नकस्दा रास्वपा उपराष्ट्रपतिको निर्वाचनमा सहभागी हुने वा नहुने विषयमा अनितिर्ण रहेको थियो।
सरकारलाई समर्थन गरिरहेको रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेद्वारलाई नै समर्थन गरेको थियोभने उपराष्ट्रपतिमा पनि सत्ता गठबन्धनकै उम्मेद्वारलाई सहयोग गर्ने निर्णय गरेको बताइएको छ।