काठमाडौं, ३ चैत्र । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकतलाई कायम राख्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै यादवले आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्।
आफूलाई निर्वाचित गराउनमा मतदान गर्ने संघीय सांसद् तथा प्रदेश सभा सदस्यहरुलाई धन्यावाद ज्ञापन गर्दै उनले भने, ‘नेपालको संविधान, ऐन, कानून र उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार पालना गर्दै राष्ट्रिय एकतालाई कायम गर्ने मेरो प्राथमिकता र भूमिका हुनेछ।’