काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई दिएकी छिन्।
पौडेललाई शुक्रबार टेलिफोन गर्दै उनका समकक्षी मुर्मूले राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएकी हुन्।
फोनमा नेपाल र भारतको सम्बन्ध अद्धितीय रहेको भन्दै सम्बन्ध अझ दृढ बनाउने कुरा भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।
राष्ट्रपतिमा पौडेल फागुन २५ गते निर्वाचित भएका थिए।