Logo

व्यवसायमैत्री कानून बनाउनुपर्दा भन्न सक्नुहुनेछ : सभामुख घिमिरे



काठमाडौं, ४ चैत्र । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानूनहरू बनाउनुपर्दा आफूलाई भन्नसक्ने बताएका छन्।

शनिबार ललितपुर उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले व्यवसायमैत्री कानूनहरू बनाउनुपर्दा आफूलाई भन्नसक्ने बताएका हुन्।

उनले भने, ‘उद्योग व्यवसायको प्रवर्द्धनका लागि नेपालका जनप्रतिनिधिहरुको संस्था संसद हो। त्यो संसदले यहाँ आएर ऐक्यवद्धता जनाउनु पर्दछ। तपाईंहरूको समस्यालाई सुन्नु पर्छ भनेर म यहाँ आएको पनि तपाईंहरूलाई भन्न चाहन्छु। मुलुकभित्र नै उत्पादनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, राष्ट्रिय आयमा वृद्धि गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्नका लागि उद्योगी, व्यवसायीहरुको योगदान महत्वपूर्ण छ। त्यसका लागि कानूनको अभाव रहेको भए वा व्यवसायमैत्री कानूनहरू बनाउनु पर्दा तपाईंहरूको सुझाव लिन निर्धक्क मलाई भन्न सक्नुहुनेछ।’



प्रतिक्रिया दिनुहोस्