Logo

स्ववियु निर्वाचन– नेपाल ल क्याम्पसमा शान्तिपूर्ण वातावरणमा मतदान जारी



काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज भइरहेको छ । त्रिविका केही क्याम्पसहरुमा आन्तरिक विवादका कारण निर्वाचन हुन सकेका छैनन् ।

नेपाल ल क्याम्पसमा भने स्ववियु निर्वाचन भइरहेको छ । विद्यार्थीहरु लाइनमा बसेर मतदान गरिरहेका छन् । अहिलेसम्म निर्वाचन शान्तिपूर्ण वातावरणमा भइरहेको बताइएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

२०६५ सालयत नियमित रुपमा स्ववियु निर्वाचन हुन सकेको थिएन । आज त्रिविका देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा विहान ८ बजेदेखि निर्वाचन भइरहेको छ । निर्वाचन दिउँसो ४ बजेसम्म हुने बताइएको छ । लामो समयपछि भइरहेको स्ववियु निर्वाचनमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्