Logo

सभामुखले पत्रकारमाथि दिएको अभिव्यक्तिमा छानविन समिति बनाउन सुवालको माग



काठमाडौं, ५ चैत्र । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अभिव्यक्तिलाई लिएर नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आपत्ति जनाएका छन् । शुक्रबार सभामुख घिमिरेले पत्रकारहरु विक्रीमा छन् भन्ने अभिव्यक्ति दिएका थिए । सभामुख घिमिरेको सोही अभिव्यक्तिलाई लिएर सुवालले आपत्ति जनाएका हुन् ।

उनले सभामुख घिमिरेलाई पत्रकारका बारेमा दिएको अभिव्यक्ति पुष्टी गर्नका लागि छानविन समिति गठन गर्नुपर्ने बताए । ‘सभामुख महोदयको पत्रकारको बारेमा आएको छ । हुन त पत्रकारको बारेमा यहाँले अध्ययन गरेर भनेको भए छानविन समिति नै बनाउनु पर्यो । तर, सबै पत्रकार त्यसो नहोलान् । कुन–कुन हुन् पित पत्रकारिता चलाउनेहरु छानविन हुनुपर्यो । सभामुख महोदयबाट उठेको विषय भनेको सार्वजनिक महत्वको विषय हुन्छ । त्यसकारण कुन–कुन हुन् छानविन हुनुपर्यो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्