Logo

प्रतिपक्षमा बसेकैदिन एमालेले खोज्यो प्रधानमन्त्री



काठमाडौं, ५  चैत । प्रतिपक्षी बेन्चमा बसेको दिन नै नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी गरेको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । तर, संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गरेका हुन् ।

एमाले सांसद रघुजी पन्तले संसदमा सरकारका कामकारबाहीका विषयमा धेरै प्रश्न उठेको भन्दै प्रधानमन्त्री आफैले ती विषयमा जवाफ दिनुपर्ने र विधेयक पनि प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताउदै प्रधानमन्त्रीको खोजी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्