Logo

चितवन-२ उपनिर्वाचन : कांग्रेसबाट पूर्वमन्त्री श्रेष्ठसहित ११ जनाको नाम सिफारिस



काठमाडौं, ६ चैत्र । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ।

आईतबार बसेको चितवन कांग्रेस बैठकले उपनिर्वाचनको उम्मेद्‍वारका लागि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश श्रेष्ठसहित ११ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले श्रेष्ठसहित देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठलाई केन्द्रमा सिफारिस गरेको हो।



प्रतिक्रिया दिनुहोस्