Logo

प्रधानमन्त्रीको प्रशंसा गर्दै जसपा सांसद् यादवले भने, ‘दाहाल खुला किताब हुन्’



कांठमाडौं, ६ चैत्र । जनता समाजवादी पार्टी(जसपा)का सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गरेका छन्।

यादवले संसद्‍ भवनमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कार्यक्रमलाई सम्बोधन गर्दै दाहाल खुला किताब भएको बताएका हुन्।

उनले भने, ‘मुलुकले पुष्पकमल दाहालजी जत्तिको साहसिक प्रधानमन्त्री कमै पाउँछ। एउटा खुला किताब हुन् यीनका मनमा केही रहँदैन।’

यादवले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सबै सवार रहेको उल्लेख गर्दै कांग्रेसपनि मिसिन थालेपछि एमाले र राप्रपा बाहिरिएको सुनाए । उनले सो क्रममा रेल यात्राको प्रसंग जोडेका थिए ।

रेलमा विभिन्न तहका सिट हुने र त्यसमा प्यासेन्जर सवार हुने किस्सा सुनाउँदै कडा टिटी आएपछि सिट अदलीबदली बसेकाहरु तितरवितर हुने गरेको सुनाए ।

प्रचण्ड नेतृत्वको सरकारलाई रेलको संज्ञा दिँदै सो रेलमा सबै दल सवार रहेको तर बीचमा कांग्रेस पनि मिसिन थालेपछि एमालेहरु बाहिरिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्