Logo

विश्वासको मत पाएलगत्तै गोरखा जाँदै प्रधानमन्त्री दाहाल



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत पाएपछि भोलि(मंगलबार) गोरखा जाने भएका छन्।

उनी भोलि बिहान पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति आयोजनाको शिलन्यास गर्न गोरखा जान लागेका हुन्।

प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठपनि गोरखा जाने भएका हुन्।



प्रतिक्रिया दिनुहोस्