Logo

चार दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री दाहाल



काठमाडौं, ६ चैत्र । संसद्‍बाट सोमबार दोस्रो पटक विश्वासको मतपाए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल चाँडै नै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा छन्।

राष्ट्रपति निर्वाचन अगाडि नै रिक्त रहेका मन्त्रालयलाई प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचन हुँदै आज विश्वासको मतसम्म आफैंसँग राखिरहेका थिए।

विश्वासको मतपाएसँगै खुसी देखिएका प्रधानमन्त्री दाहालले संसद्‍बाट बाहिरिँदै गर्दा भोलि बिहानदेखि नै गठबन्धनका दलहरुसँग मन्त्रिपरिषद्‍ विस्तारबारे छलफल हुने र चार दिनभित्र मन्त्रिपरिषद्‍ले पूर्णता पाउने बताएका छन्।

सञ्चारकर्मीहरुसँग संसद्‍ भवन बाहिर संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ। सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र काम गर्ने विचार छ।’



प्रतिक्रिया दिनुहोस्