काठमाडौं, ९ चैत्र । देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न नसकिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाबी गरेका छन्।
बिहीबार सामुदायिक रेडियो प्रशारक संघको १७ औँ साधारणसभा बोल्दै महामन्त्री थापाले देशमा आज तन्नेरीहरु कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न नसकिरहेको र सबै भाग्न मात्रै चाहेको बताएका छन्।
‘हाम्रो देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेको छैन, सबै भाग्न मात्रै चाहन्छन्। हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदैछ भनेर कसैले आश गर्न सकिरहेको छैन। मान्छेले राजनीतिक दाउपेचका समाचार सुनेर खुसी हुने अवस्था छैन,’ उनले भने।