काठमाडौं, १० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अगामी बैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको तयारी थालेको छ।
रास्वपाले निर्वाचनको मिति आउनु ठीक एक महिना अगाडि अर्थात चैत्र १० गते शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक राखि उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेद्वारी दिने निर्णय गर्दै तयारी थालेको हो।
रास्वापको शुक्रबार बसेको बैठकले बैशाख १० गते हुने चितवन–२, बारा–२ र तनहुँ–१ क्षेत्रको उपनिर्वाचनको तयारीका लागि चुनावी कमाण्डर पनि खटाएको छ।
रास्वपाले चितवन–२ मा पार्टी उपसभापति तथा संसदीय दलका नेता डोलप्रसाद अर्याल, बारा-२ मा केन्द्रीय सदस्य गणेश कार्की र तनहुँ-१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डरको जिम्मेवारी दिएको छ।