काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदानमा ‘राइट टु रिजेक्ट’ को माग राखी आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले गृहसचिव विनोद सिंहलाई मतदानमा राइट टु रिजेक्टको माग राखी एक महिनादेखि आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव रमेश मल्लाका अनुसार आन्दोलनरत पक्षसँग वार्ताको तयारी भइरहेको छ ।