काठमाडौं,१२ चैत । नेकपा एमालेकी नेतृ एवं प्रतिनिधिसभा सदस्य विद्या भट्टराई (अधिकारी) ले आम नागरिकले राज्य हामी सबैको अभिभावक हो भन्ने अनुभूती कहिले हुन्छ भन्दै प्रश्न गरेकी छन ।
आइतवार संसद बैठकको शुन्य समयमा बोल्दै उनले भनिन् ‘आज आम नागरिकको दैनिक जीवन अत्यन्तै संकटमा छ प्रमुख सहरहरुमा आर्थिक र ब्यापारीक कार्यहरु सुस्त छन दैनिक २५ सय युवाहरु विदेशीएका छन हरेक महिना विदेशमा अध्ययन, भ्रमणमा जाँदा विदेशी मुद्रा सञ्चितिमा दवाब सिर्जना भएको छ । लघुवित्त र सहकारी लगाएत सिंङ्गो वित्तिय प्रणाली निक्कै संकटमा छ । कर प्रशासन करदातामैत्री छैन आर्थिक मन्दिका कारण महंगी उच्च छ । लोकतान्त्रिक राज्य र नागरिक प्रतिको दायित्वलाई केवल भाषण र नारामा मात्रै कहिलेसम्म सिमित गर्ने, आम नागरिकलाई राज्य अभिभावक हो भन्ने आभाष कहिले दिलाउने म सम्माननिय प्रधानमन्त्री ज्युलाई प्रश्न गर्दै ध्यानाकर्षण गराउन चाहान्छु”।