काठमाडौं,१३ चैत । केही दिनदेखि लगातार रुपमा घटिरहेको सेयर बजार परिसुचाङ्क नेप्सेमा सोमवार भने दोहोरो अंकले वृद्धि भएको छ ।
आज नेप्से १७.७० अंकले वृद्धिहुँदै १९०६ अंकमा रोकिएको छ ।
आइतवार २६ अंकले घटेर १८८८ बिन्दुमा झरेको बजार आज भने बढेको छ । आज ४३ लाख ८ हजार ६४५ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।