Logo

मन्त्रालय भागबण्डामा कुरा नमिल्दा ७ मन्त्रालयको जिम्मा मुख्यमन्त्री कट्टेलको काँधमा



काठमाडौं १३ चैत । बागमती प्रदेशमा रिक्त रहेका ७ मन्त्रालयमा सत्तारुढ दलहरुबीच भागबण्डा मिल्न नसक्दा ७ मन्त्रालयको भार मुख्यमन्त्री सालिकराम जम्कट्टेलको काँधमा थुप्रिएको छ ।

गत शुक्रबार प्रदेशसभा बाट दोस्रोपटक विश्रासको मत हाँसिल गरेका कट्टेलले बाँकीरहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्न नसक्दा प्रदेशको नियमित कामकाजमा समस्या भईरहेको छ ।हाल बागमती प्रदेशमा ११ मन्त्रालय रहेको छ । जसमा एमाले र राप्रपाले पाएको ७ मन्त्रालय अहिले रिक्त रहेको छ । जसमा राप्रपाले पाएको ३ मन्त्रालय एक महिनादेखि मन्त्री विहीन छ भने गत शुक्रवार बाट एमालेले नेतृत्व गरेका चार मन्त्रालयपनि मन्त्री विहीन छ ।

सरकारलाई विश्रासको मत दिएका नेपाली कांग्रेस , एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सरकारमा जान इच्छुक छन जसको लागी कांग्रेसले ६, समाजवादीले २ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयको दावी गरेका छन ।
मुख्यमन्त्री कट्टेल सकेसम्म विश्रासको मत दिएका तीनै दललाई सरकारमा सामेल गराउने योजनामा छन त्यस्को लागि उनि निरन्तर छलफलमै रहेका छन । उनि कांग्रेसलाई चार , समाजवादीलाई दुई र हाम्रो नेपाली पार्टीलाई एक मन्त्रालय दिने मनसायमा छन तर कांग्रेस भने हाम्रो नेपाली पार्टीलाई सरकारमा समाबेश गराउन नहुने पक्षमा छ ।
११ मन्त्रालय रहेको बागमती प्रदेशमा हाल श्रम रोजगार तथा यातायात मन्त्रालय, उर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालय गरी ७ मन्त्रालय रिक्त छन्।



प्रतिक्रिया दिनुहोस्