Logo

मन्त्रिपरिषद् विस्तारमा भागबण्डाको चटारो– माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा



काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भेट्ने अध्यक्ष नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । अध्यक्ष नेपालको साथमा पार्टीका सम्मानीत नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र प्रकाश ज्वाला पनि सहभागी रहेका छन् ।

उनीहरुबीच मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको बताइएको छ । १० दलीय गठबन्धनको बैठक बसेर आजदेखि मन्त्रिपरिषद् विस्तारको काम हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्