काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न जसपा अध्यक्ष यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । उनीहरुबीच मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको बताइएको छ ।
मन्त्रिपरिषद् विस्तारका लागि १० दलीय सत्ता गठबन्धनको बैठक आज बेलुकी बालुवाटारमा बोलाइएको छ । आजको बैठक मन्त्रिपरिषद् विस्तारका लागि निर्णायक हुने बताइएको छ । त्यसैगरी आज नै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
अध्यक्ष नेपालको साथमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, प्रकाश ज्वाला लगायतका नेताहरु सहभागी थिए ।