Logo

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग भेट्ने



काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितसँग भेट्ने भएका छन् । उनीहरुको मागका बारेमा बुझ्न चार ससदस्यीय टोलि बनाइएको छ । चार सदस्यीय टोलीले उनीहरुलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले भेट्ने समय तय गरिने प्रचण्डका स्वकीय सल्लाहकार रमेश मल्लले बताए ।

चार सदस्यीय टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।

मिटरव्याज पीडितहरु महोत्तरीबाट ११ दिन पैदल हिँडेर न्याय माग्नका लागि हिजो काठमाडौं आइपुगेका थिए । उनीहरुले काठमाडौंमा पनि खुल्ला आकाशमा रात विताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्