Logo

मन्त्रिपरिषद्को बैठक बस्दै, मिटरब्याज पीडितबारे निर्णय हुने



काठमाडौं, १४ चैत्र । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज (मंगलबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा मिटरव्याज पीडितको समस्या समाधानका बारेमा निर्णय लिने तयारी रहेको बताइएको छ । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लाका अनुसार मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्ड स्वयम्ले भेट्ने तयारी भइरहेकोसमेत बताइएको छ । सरकारले उनीहरुको माग बुझ्नका लागि चार सदस्यी समिति बनाएको छ । चार सदस्यीय समितिले मिटरब्याज पीडितलाई भेटेर उनीहरुको माग बुझेपछि प्रधानमन्त्री प्रचण्डले भेट्ने समय निर्धारण हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्